
सैनामैना । युवा सञ्जालको आयोजनामा आईतबारबाट सुरु भएको वडास्तरीय नकाउट फुटबल प्रतियोगिता अन्तरगत आज दोस्रो दिनका खेल सम्पन्न भएका छन् । सैनामैना ५ बक्सडस्थित कोटिया खेल मैदानमा आज वडा नम्बर १ र ९ तथा वडा नम्बर १० र ७ बीच खेल भएको हो ।
आज सम्पन खेलमा वडा नम्बर १ र वडा नम्बर १० विजयी भएको खेल संयोजक रेवन्त सिञ्जालीले जानकारी दिनुभयो । सिञ्जालीका अनुसार पहिलो खेलमा वडा नम्बर १ ले वडा नं ९ लाई ५-१ को गोल अन्तरमा हराएको थियो । त्यस्तै, दोस्रो खेलमा वडा नं १० ले वडा नं ७ लाई १-० को गोल अन्तरले हराएको हो ।
फागुन १० गतेसम्म चल्ने प्रतियोगिताको विजेता हुने टोलीले ५१ हजार १ सय ११ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने टोलीले २५ हजार ५ सय ५५ रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
त्यस्तै, उत्कृष्ट खेलाडीले ३ हजार र प्रत्येक खेलका म्यान अफ द म्याच हुने खेलाडीले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।