कपिलवस्तु समाज सेवा परिषदको पाँचौं साधारणसभा सम्पन्न

कपिलवस्तु समाज सेवा परिषदको पाँचौं साधारणसभा सम्पन्न

रुपन्देही । कपिलवस्तु समाज सेवा परिषद यूएईको पाँचौं साधारणसभा सम्पन्न भएको छ । आईतबार (हिजो) परिषद यूएईको पाँचौं साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो ।

सम्पन्न अधिवेशनबाट २०२५ ०२७ कार्यकालका लागि सामाजिक व्यक्तित्व कृष्ण प्रसाद अधिकारीको अध्यक्षतामा निर्विरोध रुपमा समिति गठन गरिएको छ । नयाँ समितिमा कृष्ण प्रसाद अधिकारी अध्यक्ष, सकुन्तला आचार्य उपाध्यक्ष, सन्जिब बेल्बासे उपाध्यक्ष, श्यामराज बेल्बासे महासचिव,सीता भण्डारी सचीव, गोपाल पोख्रेल कोषाध्यक्ष, सीता बेल्बासे सह कोषाध्यक्ष पदमा चयन हुनुभएको छ ।

त्यस्तै, सदस्यहरुमा जनक बेल्बासे, शंकर भण्डारी, भबिन्द्र जि.सी., डिल बहादुर सुनार, लक्ष्मण पुन, भगवती ज्ञवाली,कल्पना बिक,विकास बेल्बासे, शान्ता पौडेल, सारदा बेल्बासे, कमला पोख्रेल र शिव रेग्मी चयन हुनुभएको हो ।

परिषदको संरक्षकमा नारायण प्रसाद अधिकारी, सल्लाहकार प्रमुखमा दुर्गा बहादुर सुनार,बरिष्ठ सल्लाहकार भिमकान्त अधिकारी। बिशिस्ट सल्लाहकार कृष्ण भुसाल, सल्लाहकार मधुकर बेल्बासे, रुद्र जिसी, कृष्ण प्रसाद गैरे, जानका खनाल, हिमेन्द्र क्षेत्री,राजु घिमिरे, बिष्णु राना, बद्री प्रसाद भुसाल, लिल बहादुर बेल्बासे र सीता थापा चयन हुनुभएको छ ।

साधारणसभा कार्यक्रम नारायण अधिकारीको अध्यक्षता, राम मोक्तनको प्रमुख आतिथ्यता तथा कृष्णा गैरेको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली समाज यूएईका पार्षद अध्यक्ष कमल गिरी, बेद प्रसाद अर्याल तथा प्रमुख अतिथि राम मोक्तनले आफ्ना मन्तब्यहरु राख्नुभएको थियो ।

साधारणसभा सम्पन्न

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार