
भैरहवा, फागुन ४ गते
सिद्दार्थनगर नगरपालिकाले भैरहवाको मेडिकल कलेजमा अनुगमन गरेको छ । नगपालिकाको स्वस्थ्य साखाको अगुवाइ नगर उप प्रमुख उमा अधिकारिको सयोजकत्वमा अनुगमन भएको हो। खासगरी नेपाल सरकारले दिदै आएको आमा सुरक्षा कार्यक्रममा केन्द्रीत भएर मेडिकल कलेजमा आइतबार अनुगमन गरिएको उप प्रमुख अधिकारिले जानकारी दिइन । मेडिकल कलेजको प्रशुती वार्डको अनुगमनको क्रममा खासै समस्या नदेखिएको र प्रशुती सेवामा पाउने निशुल्क सेवा बारे स्पष्ट देखिने गरि नागरिक वडा पत्र राख्न निर्देशन दिइएको उप प्रमुख अधिकारिले जानकारी दिइन । अनुगमनमा स्वास्थ साखा प्रमुक इस्वरी प्रसाद न्यौपाने, वडा नम्बर ५ का वडा अध्यक्ष पुरन प्रसाद श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।