आर्मी र पुलिस फाईनल प्रवेश

आर्मी र पुलिस फाईनल प्रवेश

सैनामैना । त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब रुपन्देहीको सैनामैनामा जारी दोस्रो संस्करणको सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् ।

बिहीबार सम्पन्न सेमिफाईनल खेलमा आर्मीले मणिमुकुन्द तथा पुलिसले गण्डकीलाई हराउँदै फाईनलमा भेट पक्का गरेका हुन् ।

आज भएको पहिलो सेमिफाईनल आर्मीले ३-१ को सेट अन्तरले जित्यो । त्यस्तै दोस्रो सेमिफाईनलमा पुलिस ३-० को सोझो सेटले विजयी भयो ।

आर्मीले मणिमुकुन्दलाई पहिलो, तेस्रो र चौँथो सेट समान २५-१७ ले हरायो तर दोस्रो सेट भने २६-२४ ले आर्मीले गुमाएको थियो ।

यता, दोस्रो खेलमा गण्डकी माथि पुलिसले २५-१७, २५-२३ तथा २५-१८ ले जितेको थियो ।

प्रतियोगितामा अब शुक्रबार तृतय र सान्त्वना स्थानका लागि मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेश भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

फागुन ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५ लाख ५५ हजार ५ सय ५५ सिल्ड मेडल र प्रमाणपत्र, उपविजेताले ३ लाख ३३ हजार ३ सय ३३ सिल्ड मेडल र प्रमाणपत्र, तृतीय स्थान हासिल गर्ने टोलीले १ लाख ११ हजार १ सय ११ रुपैँया, मेडल र प्रमाण–पत्र तथा सान्त्वना हुने टोलीले ५५ हजार ५ सय ५५ रुपैँया, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।

विद्यागत तर्फ उत्कृष्ट खेलाडीहरुले जनही ७ हजार ७ सय ७७ रुपैँया र सर्वोत्कृष्ट खेलाडीले १५ हजार ५ सय ५५ रुपैँया प्राप्त गर्ने दुधराक्ष युवा क्लबले जनाएको छ ।

सैनामैना दुधराक्ष कप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार