
सैनामैना । रुपन्देहीको सैनामैनामा जारी दोस्रो संस्करणको सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको पाँचौ दिन आज एक खेल सम्पन्न भएको छ । आज मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेश भलिबल क्लब बीच प्रतियोगिता सम्पन्न भएको हो ।
सम्पन्न प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लबले जित हात पार्दै समुह चरणका तीन खेल आफ्नो पक्षमा पारेको छ । आज गण्डकी प्रदेश भलिबल क्लबलाई मणिमुकुन्दले ३-२ को सेट अन्तरले पराजित गरेको हो ।
लगतार दुई सेट जितेको मणिमुकुन्दले तेस्रो र चौँथो सेट गुमायो तर अन्तिम सेटमा मणिमुकुन्दले पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्यो । मणिमुकुन्दले पहिलो सेट २५-१९ दोसो सेट २५-१९ तथा पाँचौँ सेट १६-१४ ले जितेको हो ।
गण्डकी प्रदेशले तेस्रो सेट २५-१८ तथा चौँथो सेट २५-२२ ले जिते पनि निर्णायक सेटमा चुकेको थियो ।
प्रतियोगितामा भोलि दुई खेल हुनेछन् । पहिलो खेल गण्डकी र गल्कोटका बीच बिहान ११ बजे तथा एपीएफ र आर्मी बीच दिउँसो १ बजे दोस्रो खेल हुनेछ ।