सैनामैना दुधराक्ष कपमा गल्कोट र पुलिस बिजयी

सैनामैना दुधराक्ष कप

सैनामैना । सैनामैना दुधराक्ष कप राष्ट्रिय क्लब स्तरीय पुरुष भलिबल प्रतियोगितामा आईतबार दुई खेल सम्पन्न भएका छन् । आज भएको पहिलो खेलमा गल्कोट भलिबल क्लब बिजयी भएको छ भने दोस्रो खेलमा नेपाल पुलिस क्लबले जित हात पारेको छ ।

बिहान १२ बजे सैनामैना ६ कलौनी स्थित वडा कार्यालयको खेल मैदानमा सम्पन्न भएको पहिलो खेलमा गल्कोट भलिबल क्लबले कोशी प्रदेश भलिबल क्लबलाई ३-२ को सेट अन्तरले हराउँदै पहिलो जित दर्ता गर्‍यो ।

गल्कोटले पहिलो सेट २५-२२, चौँथो सेट २५-१७ तथा अन्तिम सेट १५-८ ले जितेको हो ।

कोशीले दोस्रो र तेस्रो सेटमा लगतार जित निकाले पनि खेलमा लय बनाउँन नसक्दा हार ब्योहोर्नु पर्‍यो । कोशीले दोस्रो सेट २५-२७ र तेस्रो सेट २५-१७ ले जितेको थियो ।

त्यस्तै, दुई विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ बीच भएको खेल पुलिसले ३-१ को सेट अन्तरले जितेको छ । पहिलो र दोस्रो सेट लगतार जितेको पुलिसले तेस्रो सेट गुमाएको थियो ।

चौँथो सेटमा एपीएफलाई हराएसँगै पुलिसले जित हात पारेको हो ।

पुलिसले पहिलो सेट २५-१६, दोस्रो सेट २५-२१ तथा चौथो सेट २५-१९ ले जित्यो । तेस्रो सेट भने एपीएफले २५-२२ ले आफ्नो पक्षमा पारेको थियो ।

प्रतियोगितामा एपीएफ र पुलिस दुवै टोलीका एक खेलाडीले पहेँलो कार्डसमेत पाएका थिए ।

 

सैनामैना दुधराक्ष कप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार