सैनामैना दुधराक्ष कपको दोस्रो खेलमा मणिमुकुन्द गल्कोटसँग खेल्ने

सैनामैना दुधराक्ष कप

सैनामैना । रुपन्देहीको सैनामैनामा जारी दोस्रो संस्करणको सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा दोस्रो दिन आज पनि एक खेल हुने भएको छ ।

दुधराक्ष युवा क्लबको आयोजनामा हिजोबाट सुरु भए प्रतियोगिताको दोस्रो खेलमा आज मणिमुकुन्द भलिबल क्लबले गल्कोट भलिबल क्लबसँग खेल्ने भएको हो ।

खेल दिउँसो एक १ बजे सैनामैना ६ कलौनी चोक स्थित वडा कार्यालयको खेल मैदानमा हुनेछ । ७ टोली सहभागि प्रतियोगितामा आईतबारबाट हरेक दिन दुई खेल हुने क्लबका भलिबल संयोजक राजकुमार चौधरीले जानकारी दिनुभयो ।

मणिमुकुन्द भलिबल क्लबले पहिलो खेलमा हिजो कोशी प्रदेश भलिबल क्लबलाई ३-०को सोझो सेटमा हराएको थियो ।

सैनामैना दुधराक्ष कप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार