उद्घाटन खेलमा मणिमुकुन्द र कोशी खेल्ने

उद्घाटन खेल

शिब अधिकारी, सैनामैना । रुपन्देहीको सैनामैना आजबाट भलिबलमय हुँदै छ । दुधराक्ष युवा क्लबको आयोजनामा आजदेखि फागुन ३ गतेसम्म राष्ट्रियस्तरका क्लबहरुबीच महाभिडन्त हुने आयोजकले बिहीबार पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिएको हो ।

प्रतियोगितामा आज एक खेलमा हुनेछ । क्लबका भलिबल प्रतियोगिता संयोजक राजकुमार चौधरीका अनुसार आज ११ बजेदेखि उद्घाटन सत्र, र्‍याली तथा मणिमुकुन्द भलिबल क्लब र कोशी प्रदेशका बीचमा खेल हुनेछ ।

आज विधिवत रुपमा प्रतियोगिताको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्ने आयोजकले बतायो । प्रतियोगितामा ३ विभागिय सहित ७ टीम सहभागी छन् ।

प्रतियोगिताको बिजेताले ५ लाख ५५ हजार ५ सय ५५ सिल्ड मेडल र प्रमाणपत्र, उपविजेताले ३ लाख ३३ हजार ३ सय ३३, तृतीय स्थान हासिल गर्ने टोलीले १ लाख ११ हजार १ सय ११ रुपैँया, मेडल र प्रमाण–पत्र तथा सान्त्वना हुने टोलीले ५५ हजार ५ सय ५५ रुपैँया, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।

विद्यागत तर्फ उत्कृष्ट खेलाडीहरुले जनही ७ हजार ७ सय ७७ रुपैँया र सर्वोत्कृष्ट खेलाडीले १५ हजार ५ सय ५५ रुपैँया प्राप्त गर्ने दुधराक्ष युवा क्लबले जनाएको छ ।

उद्घाटन खेल

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार