सिप्रदीले टाटा नेक्सन के थ्री भित्रायो

सिप्रदीले

काठमाडौं। नेपालका लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेपालमा टाटा नेक्सन के थ्री भित्राएको छ । कम्पनीले टाटा नेक्सन के थ्री सार्वजनिक गर्दै बुकिङ खुलाएको जानकारी दिएको हो ।

गाडीमा ४५ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ भने ९८ किलोवाटको क्षमताको मोटर जडान गरिएको छ। यो गाडीले ३२५ किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ।

नेक्सन ईभीमा १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स, ३५० लिटरको बुट स्पेस रहेको नेक्सन केथ्री ईभीले भारत एनक्यापमा ५ स्टार सेफ्टी रेटिङ पाएको छ।

कम्पनीले नेक्सन के थ्री को मूल्य ४८ लाख ९९ हजार रुपैयाँ तोकेर बुकिङ खुलाएको हो।

टाटा नेक्सन के थ्री

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार