Pahilo Awaj

Advertisment

SKIP THIS

सुनको भाउ आज यथावत

सुन

काठमाण्डौ । सुनको भाउ आज यथावत् रहेको छ । अस्ति शुक्रवार एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँले बढेको सुनको भाउ आज आइतवार घटबढ भएन ।

आज अस्ति शुक्रवारकै भाउ तोलाको एक लाख ६२ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार सुनको भाउ तोलाको एक लाख ६० हजार पाँच सय रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ घटेको छ । शुक्रवार तोलामा ३० रुपैयाँले बढेर एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा पाँच रुपैयाँ घटेको महासङ्घले जनाएको छ । आज चाँदीको भाउ तोलाको एक हजार नौ सय १० रुपैयाँ रहेको छ ।

सुनको भाउ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार