


काठमाडौं । शुक्रबारदेखि हराइरहेका दुई किशोरी मृत फेला परेका छन् । अछामको ढकारी गाउँपालिका–८ का कमल खड्काकी छोरी ईश्वरी खड्का र सोही ठाउँका उदय खड्काकी छोरी सरस्वती खड्का शनिबार बेलुकी मृत फेला परेका हुन् ।
उनीहरु दुवै जना वडा नम्बर १ को जंगल क्षेत्रमा शनिबार बेलुका मृत फेला परेका जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिए ।
ईश्वरी र सरस्वती शुक्रबार बिहान खाना खाएर गाईबाख्रा चराउन जंगल गएका थिए । शुक्रबार घर नफर्किएपछि आफन्त र गाउँलेले खोजी सुरु गरेका थिए । खोजीको क्रममा उनीहरु भुइँमा लडिरहेको अवस्थामा मृत फेला परेको भनेर शनिबार बेलुकी ६ः४० बजे प्रहरीलाई खबर प्राप्त भएको प्रहरी निरीक्षक देउवाले बताए ।
घटनाको थप अनुसन्धान डिएसपी ईश्वरी प्रसाद भण्डारी नेतृत्वको टोलीले घटनास्थल गएर गर्दै छ ।
बिहे गर्ने भन्दै घरबाट भागेका प्रेमी प्रेमिका मृत भेटिए
पहिलो आवाज दिनभर