Pahilo Awaj

Advertisment

SKIP THIS

हेलिकप्टर प्रयोग गर्दा पनि नियन्त्रणमा आएन महाभारतको आगो

हेलिकप्टर

काठमाण्डौ । काभ्रेको महाभारत जङ्गलमा लागेको आगो निभाउन हेलिकप्टर को प्रयोग गरे पनि अझै निभेको छैन ।

गृह मन्त्रालयले पठाएको हेलिकप्टर मार्फत हिजो २४ हजार लिटर पानी आगोलागी भएको क्षेत्रमा खन्याउँदा पनि आगो नियन्त्रणमा आउन नसकेको हो । अहिले पनि जङ्गलमा आगो बलिरहेको छ ।

बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बस्ती नजिक रहेको रमितेडाँडा, ज्वानेथुम्कोलगायतका क्षेत्रमा भने आगो नियन्त्रण भएको बताउनुभयो । गएको मङ्गलवार दिउँसो डढेलो शुरू भएको हो ।

अध्यक्ष अधिकारीले महाभारतको घना जङ्गलमा डढेलो लागेकाले यसको नियन्त्रण गर्न कठिनाइ भएकाले मन्त्रालयबाट हेलिकप्टर को सहायता मागिएको बताउनुभयो । उहाँका अनुसार वडा नम्बर २ गुवाभञ्ज्याङ पार्कमा निर्माण गरिएको पोखरीबाट पानी बोकेर हेलिकप्टर ले महाभारतको सेतीभिर क्षेत्रको जङ्गलमा लागेको डढेलोमा खन्याइएको हो ।

डिभिजन वन कार्यालय काभ्रेका अनुसार एक सय हेक्टर क्षेत्रफलमा आगो फैलिएको छ । बेचानचोक र महाभारत गाउँपालिकाको सीमामा रहेको महाभारत जङ्गलमा फैलिएको डढेलोले अरु वन क्षेत्रसमेत जोखिममा रहेको भन्दै बेथानचोक गाउँपालिकाले पर्यटकलाई वन क्षेत्रमा जान रोक लगाएको छ ।

पहिलो आवाज दिनभर

खेल तालिका सार्वजनिक

हेलिकप्टर

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार