Pahilo Awaj

Advertisment

SKIP THIS

सूर्य ज्योतिलाईफ ईन्स्योरेन्सको शाखा तिलोत्तमाको कोटिहवामा समुदघाटन

बुटवल,३ माघ । सूर्यज्योति  लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १७४ औं शाखा तिलोत्तमा नगरपालिका वडा नं. १५ स्थित कोटिहवामा बिहीबार एक कार्यक्रमका बीच समुद्घाटन भएको छ । सूर्य ज्योति लाईफ ईन्स्योरेन्स कोटिहवा शाखाका प्रबन्धक  चिरन अर्यालको अध्यक्षतामा भएको समुद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खत्रीले सूर्य ज्योति लाईफ इन्स्योरेन्स  बिमाक्षेत्रको उदाउँदो नक्षत्र भएकोले यससंग जोडिएर बिमा गर्ने बिमितको जीवन सधै उज्यालो हुने बताए ।  उनले कम्पनीले पुस मशान्तभित्र ५ अर्ब  भन्दा बढी प्रिमियम कलेक्सन भएको र पुसभित्र वार्षिक साधारणसभा गरी बिमा प्राधिकरणलाई रिर्पोट बुझाई पहिलो बन्न सफल भएको बताए ।
कार्यक्रममा कम्पनीका चिफ बिजनेश अफिसर फर्सुराम मरासिनीले बोल्दै बिमा गर्ने हरेक व्यक्तिको भविष्यमा आउने जोखिम बहन गर्न सजिलो हुने बताए । उनले व्यक्तिको जीवन आर्थिकसंग जोडिएकोले आर्थिकरुपमा मजबुत हुनका लागि पनि बिमा गर्नुपर्ने बताए । कम्पनीका लुम्बिनी प्रदेश प्रमुख सुशिल चापागाईं, क्षेत्रिय प्रबन्धक विकास अधिकारी, कम्पनीका स्टार एजेन्सी म्यानेजर लक्ष्मण पन्थ, राजन पोखरेललगायत एजेन्सी तथा बिमितहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार