


काठमाडौं । रुपन्देहीको सैनामैनामा पुस २५ गते देखि सातौँ सैनामैना माघी खिचडी महोत्सव आयोजना भइरहेको छ । सैनमैना ६ कलौनी चोकमा जारी महोत्सवमा थारु संस्कृती झल्कने विभिन्न खालका कार्यक्रमहरु हुँदै आएका छन् ।
भोलि पुस २७ गतेसम्म आयोजना हुने महोत्सव थारु कल्याणकारी सभा सैनामैना नगर समितिको आयोजनामा जारी छ । कार्यक्रमको संरक्षण सैनामैना नगरपालिकाले गरेको छ । थारु संवत २६४८ को अवसरमा कार्यक्रमको आयोजना गरिएको हो ।
महोत्सवका केही झलकहरु :-