Pahilo Awaj

Advertisment

SKIP THIS

विशेष महाधिवेशनको पक्षमा वर्षमान पुन

barsaman pun

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टीले सञ्चालन गर्ने अभियानपछि विशेष महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्। मङ्गलबारको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै उनले विशेष महाधिवेशनमा जोड दिएको एक केन्द्रीय सदस्यले रातोपाटीलाई जानकारी दिए।

ती केन्द्रीय सदस्यका अनुसार वर्षमानले नेतृत्वको विकल्प भने अहिले तयार नभइसकेको बताए । उनले भने –अभियानपछि विशेष महाधिवेशनमा जानुपर्छ, तर नेतृत्वको सवालमा अहिले नै विकल्प तयार भइसकेको छैन।

पुनले समकालीन नेताहरूमा प्रचण्डको तुलना अरूसँग हुन नसक्ने बताए। उनले विकल्पसहित समाधान दिनसक्ने नेता प्रचण्ड नै भएको समेत बैठकमा बताए।

उनले प्रचण्डको राजनीति प्रतिवेदनमाथि आफ्नो समर्थन रहेको पनि बताएको ती नेताको भनाइ छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार