Pahilo Awaj

Advertisment

SKIP THIS

ह्यात प्लेस होटल अब ‘ह्यात सेन्ट्रिक’मा रुपान्तरण

काठमाडौैं । ह्यात होटल्स कर्पोरेशन र सिटि होटल लिमिटेडले ह्यात प्लेस काठमाडौं अब ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौँमा रुपान्तरण भएको घोषणा गरेको छ । यो नेपालको पहिलो ह्यात सेन्ट्रिक ब्राण्डको होटल भएको छ । यस होटलले काठमाडौंको समृद्ध सांस्कृतिक सम्पदासँग आधुनिक आरामलाई संयोजन गर्ने विश्वास लिइएको छ ।

ह्यात सेन्ट्रिकले आधुनिक डिजाइन, जीवन्त कला, उत्कृष्ट पाककला र नवीन अनुभवहरुको जीवन्त मिश्रण प्रदान गर्ने र यस होटलले गतिशील सामाजिक स्थानहरू, स्थानीय सहकार्यहरू तथा रमाइलो र जानकारीमूलक अनुभवहरूको माध्यमबाट स्थानीय संस्कृतिलाई झल्काने बताइएको छ ।

ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौं होटलको प्रत्येक कुनाले काठमाडौँ सहरको कथाहरु व्यक्त गर्ने दाबी गरिएको छ ।

‘विस्तृत पुनःनिर्माण तथा नवीकरण पश्चात्, हामी ह्यात सेन्ट्रिक ब्राण्डलाई नेपालमा प्रस्तुत गरी हाम्रा अतिथिहरूलाई काठमाडौंको सांस्कृतिको झलक दिन र आधुनिक सेवा प्रदान गर्न उत्साहित छौं’, सिटि होटल लिमिटेडका कार्यकारी संचालक अक्षय गोल्यानले भने, ‘ह्यात सेन्ट्रिक सोल्टीमोड काठमाडौं खोज तथा अनुसन्धानलाई प्रेरित गर्नका लागि डिजाइन गरिएको छ र यात्रुहरुलाई कुनै अनुभवको कमी हुन नदिनको लागि आधुनिक स्थानीय स्थान प्रदान गर्दछ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार