


काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कार्यकारी परिषद् सदस्य पदमा ४ जना नियुक्त भएका छन् ।
कार्यकारी परिषद् सदस्य पदमा ५ वटा संकायको तर्फबाट विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्राडा शंकर खनाल र ४ वटा संकायको तर्फबाट मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्राडा दुविनन्द ढकाललाई सदस्य नियुक्त गरेको हो ।
त्यस्तै २ जना प्रोफेसरहरूको तर्फबाट प्राडा लालु प्रसाद र डाक्टर जगत मोहन श्रेष्ठ नियुक्त भएका छन् । पुस १२ गतेदेखि २ वर्षे कार्यकाल सकिएपछि सदस्य पद रिक्त थियो ।
परिषद्मा उपकुलपति, रेक्टर र रजिस्ट्रारसहित ७ सदस्य रहने व्यवस्था छ ।