Pahilo Awaj

Advertisment

SKIP THIS

बुद्ध एअरको जहाजमा प्राविधिक समस्या, अवतरण नै नगरी काठमाडौं फर्कियो

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एअरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरिएको छ ।

उडान नं. ९५३ को कलसाइन नाइनएन-एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएपछि पाइलटले विमानलाई काठमाडौं डाइभर्ट गरेका हुन् ।

विमान आधा समय उडान गरिसकेको अवस्थामा काठमाडौं फिर्ता भएको हो । विमान ११:१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।

प्राविधिक टोलीले विमानको जाँच गरिरहेको कम्पनीले जनाएको छ । यात्रुलाई अर्को विमानबाट भद्रपुर पठाउने तयारी गरिएको छ ।

काठमाडौंबाट १०:३८ मा उडेको विमानलाई अवतरणका दौरान त्रिभुवन विमानस्थलमा इमर्जेन्सी घोषणा गरिएको थियो, जसकारण विमानहरूलाई होल्ड गराउनु परेको विमानस्थल स्राेतले जनायाे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार