Pahilo Awaj

Advertisment

SKIP THIS

आरम्भ चौतारी लघुवित्तको साधारणसभा आह्वान

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तले सभा माघ १४ गते बनेपा पार्टी भेन्यू, बनेपा–८, काभ्रेपलाञ्चोकमा बिहान १० बजे बोलाएको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाहलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

त्यस्तै, सभाले चालू आवका लागि लेखापरीक्षकका नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रबन्धपत्र तथा  नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र ६ जना सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव पेश गर्नेछ ।

साथै सभामा अन्य कुनै वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पेश हुनेछ भने लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव छैन ।

साधारणसभा प्रयोजनका लागि लघुवित्तले माघ २ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । त्यसैले  पुस २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार