सोमबार सुन चाँदीको मूल्य स्थिर

तोलामा

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२  हजार  रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ ।  महासंघका अनुसार आज चाँदी प्रतितोला  १ हजार ८  सय १० रुपैयाँमा कारोबार भईरहेको  छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

आज  प्रति १० ग्राम सुनको मूल्य १ लाख ३० हजार ३ सय १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५ सय ५२ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार